रिनाकमा नेपाली भाषा मान्यता दिवस भव्यताको साथ पालन

IMG-20230820-WA0296.jpg

पाकिम: पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीको मुख्य आतिथ्यमा पाकिम जिल्लाको रिनाक विश्व विनायक मन्दिर परिसरमा आयोजित दुइदिने नेपाली भाषा मान्यता दिवसको पहिलो दिनको कार्यक्रम भव्यताको साथ सम्पन्न भयो। उनीसँगै राज्यका संस्कृति, मुद्रण तथा लेखन सामग्री विभागीय मन्त्री विष्णु कुमार खतिवड़ा, विधायक एम. प्रसाद शर्मा, जिल्ला उपाध्यक्ष प्रभा प्रधान, अन्य पछौटे वर्ग आयोगकी अध्यक्ष सुश्री पवित्र भण्डारी लगायत अन्यको उपस्थिति रहेको थियो।

नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गराएर मान्यता दिलाउन अथक प्रयास, लगनशीलता, अमूल्य योगदान तथा समर्पणको निम्ति भूतपूर्व सांसद श्रीमती दिलकुमारी भण्डारीलाई आयोजक समितिद्वारा अभिनन्दन जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिल कुमारी भण्डारीले नेपाली भाषा, साहित्यले समाजको निर्माणको निम्ति धेरै ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै यसरी आजको नवजमातमा भाषाप्रति रुचि र कौतुहलता देखेर खुशी लागेको बताइन्। उनले नेपाली भाषालाई मान्यता दिलाउन आफू सांसद हुँदा गरेका अनुभवहरू साझा गरिन्। नेपाली भाषा साहित्यको निम्ति अझ धेरै काम गर्नुपर्ने तथा आजको युवा जमातलाई आफ्नो नेपाली भाषामा युपीएससी जस्तो उच्च परीक्षा उत्तीर्ण हुनमा जोर दिइन्।

कार्यक्रममा नेपाली भाषा साहित्यका प्रतिष्ठित साहित्यकार, कवि लगायत लेखकहरूलाई पनि आफ्नो कलम चलाई नेपाली साहित्य ढुकुटीलाई समृद्ध तुल्याउनमा आफ्नो अमूल्य योगदान, साहित्य साधकका रूपमा आफ्नो लगनशीलता तथा नेपाली साहित्यमा अनुकरणीय टेवा पुऱ्याएकोमा नेपाली भाषा मान्यता दिवस समारोह समितिद्वारा अभिनन्दन जनाइयो।

सिक्किम उच्च न्यायालयका पूर्व मुख्य न्यायाधीश सिक्किम आइपुगे

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement