गाेलाघाट: जिल्लाको कमारबन्धा थानाक्षेत्रको नामसनिय रंगागारामा आज एउटा जघन्य हत्या गरियो। घटना अनुसार, रंगागरामा आज दिउँसो लगभग १.३० बजी आशाराम कर्मकार (५०) आफ्नी पत्नी फोल कर्मकार (४७) र छोरा नवजीत कर्मकार (१९) को साथ मदिरा सेवन गरिरहेका थिए।यहीबीच मोबाइल फोनलाई लिएर पिता-छोराबीच लड़ाई शुरू भयो। दुवै पिता-छोराले मिलेर आफ्नो एकमात्र बांसको घरलाई भत्काए। यसपछि छोराले आफ्नो पिता आशारामको टाउकोमा छूरीले हमला गरी उनको हत्या गऱ्यो। घरमा धेरै रगत बग्दा पिताको मृत्यु भयो। घटनापछि घटनास्थलमा पुगेको कामरबन्धा पुलिस आरोपित नवजोत कर्मकारलाई पक्राउ गरी थाना लगेर गयो। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति गोलाघाट कुशल कोंवर सिविल अस्पताल पठाएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।











