एसकेएम पार्टी त्यागेर युवाहरू एसडीएफ पार्टीमा सामेल भएको दाबी

sdf_179

गान्तोकः विभिन्न ठाउॅंका युवाहरूले सत्तारूढ़ एसकेएम पार्टी त्यागेर विपक्षी एसडीएफ पार्टीमा सामेल भएको दाबी गरिएको छ।आज दोजक, तिनकिताम, याङगाङ आदिका युवाहरू एसकेएम पार्टी परित्याग गरी एसडीएफ पार्टीमा विधिवत सामेल बनेको एसडीएफले प्रेस विज्ञप्तिमा बताएको छ। उनीलाई एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले खदार्पण गरी पार्टीमा स्वागत जनाए।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको कार्यप्रणाली र व्यवस्थासँग राज्यका साधारण जनतालगायत युवावर्ग असन्तुष्ट छन्। परिवर्तनलाई आत्मसात् गरी जनताले एसकेएम पार्टीलाई सत्ता सोम्पिए पनि जनपक्षीय कार्य गर्न यो पार्टी पूर्ण रूपले विफल बन्यो। त्यसैले सत्ताधारी एसकेएम पार्टीलाई आफ्नो समर्थक र कार्यकर्ताहरूले परित्याग गर्ने क्रम निरन्तर भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement