बहुसंख्यक नेपाली भाषीहरूमा अन्य भाषा थोप्ने कार्य नगरियोस: श्याम गौतम

IMG-20230820-WA0285.jpg

दार्जीलिङ: बहुसंख्यक नेपाली भाषीहरूमा अन्य भाषा थोप्ने काम नगरियोस् यो मन्तब्य हाम्रो पार्टी केन्द्रीय सदस्य श्याम गौतमले पोखेका हुन्। भारतीय नेपाली भाषीहरूले भाषा मान्यता दिवस हर्ष उलासको साथ मनाई रहेका छन्।यसै क्रममा हाम्रो पार्टीले भाषा मान्यता दिवसको अवसरमा सम्पूर्ण भारतीय नेपाली भाषीहरूलाई हार्दिक बधाई र शुभकामना दिएका छन्। पार्टी प्रवक्ता श्याम गौतमले भने नेपाली भाषाले मान्यता पाएको ३२ वर्ष नाघी सक्दा पनि देशको विश्व विद्यालयहरूमा यसको प्रयोग नगरिनु हामी भारतीय नेपाली भाषीहरूको निम्ति दु:खको विषय हो।

सर्वभारतीय स्तरमा नेपाली भाषालाई विकल्प भाषको रूपमा प्रयोगमा ल्याउँन नसकेता पनि कमसेकम बंगालको विश्व विधालयहरूमा नेपाली भाषालाई विकल्प भाषाको रूपमा प्रयोग गरिनु पर्ने हो तर आजसम्म त्यो पनि हुन नसकेको प्रबक्ता श्याम गौतमले बताए।तिनले अधि भने राज्यकी मुख्यमंत्री ममता ब्यानर्जी समक्ष हामी हाम्रो पार्टीको पक्षबाट अनुरोध गर्छौ राज्यको सवै विश्व विधालयहरूमा नेपाली भाषालाई विकल्प भाषाको रूपमा प्रयोग गरि दिनु होस प्रबक्ता गौतमले भने।तिनले अधि भने बहुसंख्यक नेपाली भाषी क्षेत्रहरूमा अन्य भाषाको प्रयोग नगरियोस,जबर्जस्ती थोप्ने काम नगरि दिनु होस प्रवक्ता गौतमले भने।

नेपाली भाषीहरूप्रति मुख्यमंत्री ममता ब्यानर्जीको मनमा सहनुभूति छ भने राज्यको सवै विश्व विधालयहरूमा नेपाली भाषालाई विकल्प भाषाको रूपमा संचालन गर्ने ब्यवस्था मिलाई दिनोस हाम्रो पार्टी प्रबक्ता श्याम गौतमले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement