महकै मिठास मेरो मातृभाषामा
मन मगमगाउँछ मेरो मातृभाषामा
महफिल महकाउँछ मेरो मातृभाषाले
मेरो माया माग्छ मेरो मातृभाषाले।
सलक्क, सलल सरिता सरी
सरस,सलिल संस्कृतको सन्तान
सागरदेखि सगरसम्म सिञ्चित सधैं
सम्भ्रान्त, सभ्य, सुललित सम्पत्ति।
भावको भव्यता भाषामा भाकेर
भक्तिभावले भर्दै भाषा भजौं
भुले भाषा भ्रष्ट, भ्रान्त भइएला
भाषाले भाषाकै भँडार भरौं।
मन-मन्दिरको महक मेरो मातृभाषामा
मयुरको मनमोहक मस्ती मेरो मातृभाषामा
मनलाई मदमस्त मताउने मेरो मातृभाषा
माता मेरो मातृभाषा, माताको महिमा मेरो मातृभाषा
(कविको नयाँ प्रकाशित बाल कविता संग्रह ‘ सुनाखरी‘बाट)
About Author
Post Views: 105