ट्रक ड्राइभर वेलफेयर एसोसिएसनको आम सभा समपन्न

IMG-20230820-WA0211.jpg

सुकेपोखरी: दार्जिलिङ ट्रक डाइभर वेलफेयर एसोसिएसनको बार्षिक सभा आज सम्पन्न गरियो। ट्रक चालक सगठनको बार्षिक आम सभा संगठनका सभापति उजित तामाङको अध्यक्षतामा सप्पन्न गरियो। कार्यक्रमको प्रथम चरणमा द्वीप प्रज्वलन गरेर राष्ट्रपिता महात्मा गान्धीको तस्विरमा माल्यार्पण गरे पश्चात संगठनका दिवंगत सदस्यहरूलाई श्रद्धाञ्जली अर्पण गरियो।केन्द्रीय समिति प्रतिनिधि, सुके शाखा सदस्यहरुको परिवारका सदस्य उपस्थिततिमा सगठनको कार्य, मासिक शुल्क अनि कल्याणकारी योजना बारे सभामा चर्चा परिचर्चा गरियो।कार्यक्रममा पुरानो समितिका सभापति, सचिव अनि कोषाध्यक्षले सगठनको वार्षिक प्रतिवेदन अनि हरहिसाबको पेस गरी सगठनले गरिरहेको कार्यहरू बारे प्रकाश पारे। सगठनको सदस्य प्रशान्त सुब्बाले सचालन गरेको कार्यक्रमको दोस्रो चरणमा नँया कार्यकरनी समिति गठन गरियो। सगठनको केन्द्रीय समिति सभापति बसन्त सिङ, सचिव चन्दन छेत्री, उपसापति उदय तामाङ अनि सन्जय घिसिङको उपस्थितथिमा नँया कार्यकरनी समिति गठन गरियो जसमा सभापति उजित तामाङ, उपसभापति अजित छेत्री, सचिव प्रवेश थामी, सह सचिव सन्जय पहरी, कोषाध्यक्ष रिन्छेन तामाङ, निखिल परियार, सल्लाहकार राजेन निरौला, पेम्बा तामाङ लगायत कार्यकरनी सदस्यहरू समावेश गरियो। नँया समितिमा सुकेपोखरी सगल्न क्षेत्रका प्रतिनिधिहरूलाई पनि समावेश गरेर ४४ जानाको समितिको गठन गरियो। आज सम्पन्न वार्षिक सभा बिषय लिएर केन्द्रीय समिति सचिव चन्दन छेत्री अनि सुकेपोखरी शाखा सल्लाहकार राजेन निरौलाले सचार माध्यम मार्फत  जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement