रुसको लुना-२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त

00-1-Antrashtriy-Samachar-1

मस्को: रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटनाग्रस्त भएको छ। अन्तरिक्ष एजेन्सी रोस्कोमोसले शनिबार बेलुका ५:२७ बाट सम्पर्क टुटेको बताएको छ। शनिबार प्रि-ल्याण्डिङ अर्बिट परिवर्तन गर्दा प्राविधिक गडबडी देखिएको थियो। लुना अगस्ट २१ मा चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको बोगुस्लाभस्की क्रेटर नजिक अवतरण गर्ने थियो। रोस्कोमोसले रिपोर्ट गर्यो कि लुना-२५ को उडान कार्यक्रम अनुसार, अन्तरिक्ष यानलाई पूर्व अवतरण कक्ष (१८किमी x १०० किमी) मा प्रवेश गर्न आदेश दिइएको थियो। भारतीय समय अनुसार शनिबार अपराह्न ४:३० बजे यो आदेश दिइएको हो। यस क्रममा अन्तरिक्ष यानले तोकिएको मापदण्डअनुसार थ्रस्टरलाई फायर गर्न नसकेपछि लुनामा आपतकालीन अवस्था सिर्जना भएको थियो।

लुना-२५ अन्तरिक्ष यान अगस्ट ११ मा भोस्टोनी कोस्मोड्रोमबाट सोयुज २.१बी रकेट मार्फत प्रक्षेपण गरिएको थियो। लुना-२५ सोही दिन पृथ्वीको कक्षबाट चन्द्रमामा पठाइएको थियो। यो अन्तरिक्ष यान अगस्ट १६ मा दिउँसो २:२७ मा चन्द्रमाको १०० किलोमिटर कक्षमा पुगेको थियो। रुसले ४७ वर्षपछि चन्द्रमामा आफ्नो मिशन पठाएको छ। यसअघि सन् १९७६ मा लुना–२४ मिसन पठाएको थियो। लुना-२४ लगभग १७० ग्राम चन्द्रमाको धुलो लिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको थियो। अहिलेसम्म भएका सबै चन्द्रमा मिसनहरू चन्द्रमाको भूमध्य रेखामा पुगेका छन्, यो पहिलो पटक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न लागेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *