शेर्पा एसोसिएशन खरसाङद्वारा निर्वाचित पञ्चायत सदस्यहरूलाई सम्बर्ध्दना

IMG-20230820-WA0271.jpg

खरसाङ: आज शेर्पा एसोसिएसन खरयाङद्वारा गत पञ्चायत चुनावमा निर्वाचित बनेका पञ्चायत सदस्यहरूलाई सम्बर्ध्दना जनाइएको छ। उक्त कार्यक्रम अनुसार पहिलो चरणको कार्यक्रम वृक्ष रोपण गरेर दोस्रो चरणमा सम्वर्द्धना कार्यक्रम सम्पन्न गरियो। शेर्पा एसोसिएसनका सभापति दावा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सभासद श्याम शेर्पाले स्वागत भाषण राखेका थिए भने कार्यक्रमको सञ्चालन पासङ लकी शेर्पाले गरेकी थिइन्। सभामा हालै सम्पन्न भएको पञ्चायत चुनावमा बिजय भएका शेर्पा सन्तानलाई सम्वर्द्धना जनाइएको छ।

उक्त सम्बर्ध्दना महानदी ग्राम पञ्चायतका नव नियुक्त पञ्चायत प्रधान पासाङ शेर्पा, सन्त मेरिज एक ग्राम पञ्चायतको सदस्य पेम्बा शेर्पा, पासाङ डोमा शेर्पा र फुर्बा डोमा शेर्पालाई शेर्पा एसोसिएशनको पक्षमा सम्बर्ध्दना जनाइएको छ। खेन्पोला पासङ दावा शेर्पा साथै लामा निमा लामाद्वारा धुप द्विप प्रज्वलन अनि मोलम पाठ गरेपश्चात कार्यक्रमको थालनी गरियो। यस कार्यक्रम विषयमा शेर्पा एसोसिएशन खरसाङको सचिव श्याम शेर्पाले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *