उत्तर जिल्लामा सिस्नो चिया पेकिङ कार्यक्रमको समापन

IMG-20220517-WA0143.jpg

गान्तोक। मंगन जिल्लाको नागा नामगोरमा प्रधानमन्त्री वनधन योजना अन्तर्गत शुरू गरिएको सिस्नोको चिया पेकिङ प्रशिक्षण कार्यक्रमको हिजो समापन भयो। उक्त कार्यक्रममा सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा राज्य महिला आयोगकी अध्यक्ष छुङ किपु लेप्चा लगायत महकुमा अधिकारी, पार्षदगण, सेल्फ हेल्प ग्रुपका सदस्यहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले ग्रामीण उद्यामीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सेल्फ हेल्प ग्रुपका सदस्यहरूले शुरू गरेको यस योजनलाई उनले प्रशंसा गरे। यसरी सै सेल्फ हेल्प ग्रुपका सदस्यहरूले गरेको कार्यलाई विभागले कार्यन्वयन गरेकोमा विभागको कामको सराहना गर्दै सबैलाई उद्य़ामी बनाउनु पर्ने विषयमा मन्त्रीले जोर दिए। सिक्किम राज्यले पहिलो पल्ट सिस्नोको चिया तयार गरेर सबैलाई प्रेरित गरेको बताए। यसको प्रदर्शनी आगामी ५-६ जूनमा पर्यटन विभागले एमजी मार्गमा तीन दिवसीय कार्यक्रम आयोजना गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement