दार्जीलिङ: नेपाली भाषाको आन्दोलनबाट हामीले शिक्षा लिएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउनुपर्छ भन्ने हाम्रो पार्टी प्रवक्ता लाडुप घिसिङले बताएका छन्। भारतीय नेपाली भाषीहरूले आज ३२औं भाषा मान्यता दिवस पालन गरेको छ। यसै क्रममा हाम्रो पार्टीले पनि भाषा मान्यता दिवसको अवसरमा सम्पूर्ण नेपाली भाषीहरूप्रति हार्दिक बधाई र शुभकामना दिएका छन्। पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले भने, भारतीय नेपाली भाषीहरूले आजसम्म धेरै संघर्षहरू गरेका छन् तर ती संघर्षहरूमध्ये नेपाली भाषाको आन्दोलनले मात्र सफलता पाउन सकेको हो। तिनले अघि भने, हामीले हाम्रो माटो र जातीय चिन्हारीको आन्दोलन पनि गर्दै आई रहेका छौं तर आजसम्म सफलताको शिखरमा पुग्न सकेका छैनौं। त्यसकारण हामीले नेपाली भाषाको आन्दोलनलाई प्रेरणाको रूपमा लिएर अघि बढ्नुपर्छ अनि हामीले अवश्यै सफलता पाउँनेछौं। तिनले अझ भने, नेपाली भाषाले मान्यता पाएको आज ३२ वर्ष पुग्यो, त्यसकारण अब यहाँको सबै सरकारी कार्यालयहरूमा नेपाली भाषालाई प्रयोगमा ल्याउनपर्छ।संविधानको आठौं अनुसूचिमा नेपाली भाषाले मान्यता पाएको छ तर बंगालको केवल दुईवटा विश्व विधालय उतर बंगाल विश्व विधालय र जादेवपूर विश्व विधालयमा मात्र नेपाली भाषाको पाठय पाठन गरिने गरिन्छ त्यसकारण अब राज्यको विश्व विधालयहरूमा पनि नेपाली भाषामा पाठय पाठन गरिनु पर्छ भन्ने हाम्रो पार्टी प्रबक्ता लाडुप घिसि²ङले मांग गरेको छ।त्यसै गरी यूपीएससी र डुब्लूवीसीएसको परिक्षामा पनि नेपाली भाषाको प्रयोग गरिनु पर्ने प्रबक्ता घिसिङले मांग गरेको छ।











