हाम्रो पार्टी खरसाङ ब्राञ्च कमिटीको सभापति एंव पञ्चायत समिति सदस्य सुमन बम्जनद्वारा राजीनामा

IMG-20230820-WA0266.jpg

खरसाङ: हाम्रो पार्टी खरसाङ ब्राञ्चको सभापति सुमन बम्जनले पार्टीबाट राजीनामा दिएका छन्। हाम्रो पार्टी खरसाङ ब्राञ्चको सभापति सुमन बम्जनले खरसाङ पत्रकार सम्मेलन बोलाएर आफु विगत जीटीए चुनावको समयदेखि हाम्रो पार्टीमा रहेको र विगत १ वर्ष ३ महिनादेखि हाम्रो पार्टी खरसाङ ब्राञ्चको सभापतिको रुपमा रहेको तर आजदेखि हाम्रो पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन्। सुमन बम्जनले आफ्नो राजीनामा पत्र हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड र महासचिव फुरतेम्बा भोटिलाई पठाएको बताएका छन्। सुमन बम्जन हाम्रो पार्टी खरसाङ ब्राञ्चको सभापति साथै वर्तमानमा लोवर सोनादा ग्राम पञ्चायतक वार्ड नम्बर ५ ६, ७ र ८ बाट पञ्चायत समितिको सदस्य रहेका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै सुमन बम्जनले हाम्रो पार्टी छोड्नुको मुख्य कारण पार्टीले अहिलेसम्म कुनै सांगठनिक सभा नगरेको तथा मेसेज गर्दा पनि केन्द्रीय समितिले कुनै रिपलाई नदिने गरेको आरोप लगाएका छन्। उनले यत्रो समयसम्म खरसाङलाई थेकेर राखेको तर समस्या परेको बेला कुनै रोस्पोन्स नआउने गरेको बताएका छन्। पार्टी अध्यक्ष भनेको परिवारको मात्र अभिभावक होइन तर धेरै पार्टी पदाधिकारीहरू, कार्यकर्ताहरू र जनताक पनि अभिभावक हो र यसप्रति पनि ध्यान दिनु आवश्यक छ भनी बताएका छन्। उनले हाम्रो पार्टीबाट राजीनामा दिएपछि कतै पनि जाने अहिले नै नसोचेको तर सबैसित सर सल्लाह गरेर अघि बढ्ने बताएका छन्। सुमन बम्जनले भने, मैले हाम्रो पार्टीको खरसाङ ब्राञ्चबाट राजीनामा दिनुलाई कसैसित पनि यर सल्लाह गरिन अनि पार्टीबाट राजीनामा दिएपछि अध्यक्ष अजय एडवर्ड व्यक्तिगत रूपमा भने राम्रो रहेको र व्यक्तिगत रूपमा राम्रै छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement