खरसाङ: विभिन्न प्रायोजकहरूका सहयोगमा गोर्खा जनपुस्तकालय खरसाङद्वारा वार्षिक रूपमा प्रदान गरिने शैक्षिक योग्यता पुरस्कार यसपाली पनि प्रदान गरिएको छ। यसपालीको ३२औं नेपाली भाषा मान्यता दिवस समारोहमा नै यसपालीको शैक्षिक योग्यता पुरस्कार प्रदान गरिएको छ। पुस्तकालयको सभापति पूर्ण गुरुङ निरूपमको अध्यक्षता र कार्यकारी सभासद कल्पना प्रधानको प्रमुख अातिथ्यमा सम्पन्न नेपाली भाषा मान्यता दिवसमा नै विभिन्न शैक्षिक पुरस्कारहरू प्रदान गरिएको छ। उक्त पुरस्कार अलंकरण समारोहलाई पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा नै खरसाङ महकुमा क्षेत्रबाट यसपालीको माध्यमिक परीक्षा, उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर परीक्षा र दार्जिलिङ पोलिटेकनिकल कलेजमा सर्वोच्च अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई विभिन्न प्रायोजकहरूद्वारा प्रायोजित शैक्षिक पुरस्कारहरू प्रदान गरिएको छ। सबै विद्यार्थीहरूमा क्रमैले माध्यमिक परीक्षामा माध्यमिक टप्पर, माध्यमिक नेपाली टपर, माध्यमिक जीव विज्ञान टप्पर, माध्यमिक गणित टप्पर र उच्च माध्यमिक टप्पर, उच्चत्तर माध्यमिक टप्पर र अन्य शैक्षिक पुरस्कारहरू प्रदान गरिएको छ। सबै विद्यार्थीहरूलाई कार्यक्रमको अतिथिहरूका बाहुलीबाट पुरस्कारहरू प्रदान गरिएको छ। यस क्रममा खरसाङ क्षेत्रबाट यसपालीको माध्यमिक टप्पर सन्त जोसेफ कन्या विद्यालयकी रिया राईलाई एबी सुब्बा अनि बीआर सुब्बा स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको छ। त्यसरी नै माध्यमिक परीक्षामा नेपाली टप्पर सन्त जोसेफ विद्यालयकी जिज्ञासा बाग्दास र स्वीकृति बराईलीलाई प्रा अजित बस्नेत र मानसिंह मोक्तानद्वारा प्रायोजित सुष्मिता बस्नेत अनि मेघा मोक्तान स्मृति शैक्षिक योग्यता पुरस्कार प्रदान गरिएको छ। त्यसरी नै माध्यमिक परीक्षामा जीव विज्ञानमा टप्पर रिया राई र स्वीकृति बराईलीलाई नै इन्दिरा थापा गुरुङ र परिवारद्वारा प्रायोजित वीरबहादुर थापा अनि धनमाया थापा स्मृति शैक्षिक योग्यता पुरस्कार प्रदान गरिएको छ भने माध्यमिकमा गणितमा टप्पर सोहित प्रधानलाई एसबी थापाद्वारा प्रायोजित पुरस्कार प्रदान गरिएको छ। त्यसरी नै उच्चत्तर माध्यमिक परीक्षामा टप्पर अन्सु रावतलाई एबी सुब्बा र बीआर सुब्बा स्मृति शैक्षिक योग्यता पुरस्कार प्रदान गरिएको छ। त्यसरी नै उच्च माध्यमिक परीक्षाको नेपाली भाषामा टप्पर विद्यार्थी अन्सु रावत र आयुष सुब्बालाई प्रदान गरिएको छ। त्यसरी नै जीबी बलद्वारा प्रायोजित ज्योतिदेवी बल स्मृति शैक्षिक पुरस्कार खरसाङ महाविद्यालका पुर्णिमा शर्मालाई प्रदान गरिएको छ भने दार्जिलिङ पोलिटेक्निकल कलेजबाट टप्पर बनेकी लोधोमा निवासी मिङ्गा डोमा शेर्पालाई डिकबहादुर प्रधान बज्राचार्यद्वारा प्रायोजित काजीबहादुर प्रधान बज्राचार्य अनि कर्णमाया प्रधान बज्राचार्य स्मृति शैक्षिक योग्यता पुरस्कार प्रदान गरिएको छ। सबैलाइ अध्यक्ष, प्रमुख अतिथि र अन्य अतिथिहरू साथै प्रायोजकहरूका बाहुलीबाट खदार्पणसहित अभिनन्दन पत्र र नगदराशि प्रदान गरिएको थियो।

उक्त शैक्षिक पुरस्कारहरू विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।











