माटो क्षरण र माटोको स्वास्थ्यमा ह्रासमाथि जागरूक गर्न ‘वाकाथन’ आयोजित

2b_23

गान्तोकः राजधानी गान्तोकमा आइतवार माटो क्षरण र माटोको स्वास्थ्यमा ह्रासमाथि जागरूकता फैलाउन वाकाथन आयोजन गरियो। ‘वक फर् सोएल’ कार्यक्रम अन्तर्गत सचेत ग्रहको निम्ति ऐक्यबद्धता प्रकट गर्न राज्यभरिबाट मानिसहरू सहभागी बने। जिरो पोइन्टबाट शुरू भएको वाकाथन देउराली छार्तेन गुम्पा पुगेर समाप्त भयो। ‘वक फर् सोएल’ एउटा वैश्विक अभियान हो जसको शुरूवात २४ वर्ष पहिले इशा फाउण्डेशनका संस्थापक सद्गुरुले माटो संकटलाई सम्बोधित गर्न गरेका थिए। इशा फाउण्डेशन, सिक्किमका स्वयंसेवक लगायत लायन्स क्लब- सिक्किम, लियो चिल्ड्रेन, फ्रीडम फेसिलिटी- ताथङ्गचेन, रेन्बो हिल्स वेलफेयर एसोसिएशन, विभिन्न संस्थाका सदस्यहरू र सचेत नागरिकहरू वाकाथनमा सहभागी बने। यसावधि मानिसहरूलाई सेभ सोएलको स्ट्रीकरहरू वितरण गरियो।

इशा फाउण्डेशन, सिक्किमले प्रेस विज्ञप्तिमा भनेको छ, सद्गुरुले सेभ सोएल मुभमेन्टको शुरूवात संसारको गम्भीर रूपमा घट्दै गएको माटो, पानी र कृषिको पुनरुत्थान गर्न गरेका थिए। यस अभियानले विश्वभरिकै मानिसहरूलाई माटोको स्वास्थ्यको निम्ति एकजुट गर्न र सबै देशका नेताहरूलाई राम्रो गुणस्तरको माटो सुनिश्चित गर्न राष्ट्रिय नीति बनाउन समर्थन गर्छ। यस अभियानको शुरूवातपछि अहिलेसम्म १९३ भन्दा धेरै देशहरूले खेतीयोग्य माटोमा जैविक सामग्री बढाउन राष्ट्रिय नीतिहरू लागू गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *