काठमाडौंमा कृषि मन्त्री शर्माको नेपालका केन्द्रीय कृषि मन्त्री भूसालसित भेट

nepal_255

गान्तोक: नेपाल भ्रमणमा रहेका राज्यका कृषि मन्त्री लोकनाथ शर्माले नेपालका केन्द्रीय कृषि एवं पशुपालन मन्त्री वेदु राम भूसालसित काठमाडौंस्थित उनको वासस्थानमा भेटवार्ता गरे। बातचितको क्रममा दुई मन्त्रीले आ-आफ्नो क्षेत्रमा कृषि र पशुपालनको वर्तमान अवस्था साथै अन्य विभिन्न विषयमा बताउँदै चर्चा परिचर्चा गरे।

नेपालका केन्द्रयी कृषि मन्त्रीसितको कुराकानीमा मन्त्री लोकनाथ शर्माले नेपालमा तयार पारिने जैविक मल साथै चेङ्ग्रा बाख्रा, कालिज र याक पालनबारे जानकारी लिए। यसको साथै सिक्किम सरकारले शुरु गरेका मुख्यमन्त्री कृषि आत्मनिर्भर योजनाअन्तर्गत किसानहरूलाई प्रदान गर्ने आर्थिक सहयोग साथै मुख्यमन्त्री पशुधन समृद्धि योजना, मत्स्य सम्पदा योजना र ग्वाला दिवस बारे जानकारी गराए।

दुई मन्त्रीबीचको यस बैठक अवधि नेपाल सरकारको कृषि विभागका शीर्ष अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *