एसडीएफले दिए मेरो भ्वाइस युनिभर्स विजेताहरुलाई बधाई

photocollage_202382023956569.jpg

गान्तोक:सिक्किमका प्रतिभाशाली कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न उपाधि जितेको र सिक्किमलाई गौरवान्वित गरेको उल्लेख सिक्किम डेमोक्रेटिक पार्टीले गरेको छ। पार्टीले यस्ता प्रतिभाहरुमाथि गर्व गर्छ भन्दै मेरो भ्वाइस युनिभर्स प्रतियोगिताका विजेता प्रितम राई, उपविजेता शिशिर ठटालको सफलतामा खुसी व्यक्त गरेको छ। मेरो डान्स युनिभर्स प्रतियोगितामा मिङ्मा लेप्चाले तेस्रो स्थान हासिल गरेको उल्लेख पनि गरेको छ। कला र संस्कृतिको क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले अमिट छाप छोडेको उल्लेख गरेको छ। राजनीतिकबाट बाहिर निस्केर पार्टीले यी असाधारण व्यक्तिहरूको उदयको लागि जग बसाल्दै रचनात्मकतालाई पोषण गर्ने महत्त्वपूर्ण काम गरेको जानकारी गराएको छ। प्रीतम राईले एसडीएफको पालामा भ्वाइस अफ लामपोखरी जस्ता गायन प्रतियोगिता र २०१५ मा हिमाली प्रतिभाको खोज जस्ता राष्ट्रिय प्रतियोगिताहरू पनि जितेको स्मरण गराएको छ। त्यस्तै मिङ्मा लेप्चाले २०१५ मा हिमाली प्रतिभाको खोजमा दोस्रो स्थान हासिल गरेका थिए। स्थानीय प्रतियोगिताबाट अन्तर्राष्ट्रिय मञ्चमा कलाकारहरू फुल्ने साक्षीले सिक्किमलाई गौरवान्वित बनाएको भनाइ एसडीएफ पार्टीको छ। उनीहरूको सफलताले सबैको हृदयमा आनन्द ल्याउने बताएका छन्। वर्षौंको लगनशीलता र मिहिनेतपछि उनीहरुको कामलाई अन्तर्राष्ट्रिय मञ्चमा मान्यता दिइएको पार्टीको विचार छ। पार्टीले आज एक प्रेस बयान जारी गरेर भनेअनुसार प्रीतम राई, शिशिर ठटाल र मिङ्मा लेप्चा अब कलाकार मात्र नभएर हजारौं इच्छुक युवाहरूको लागि प्रेरणाको पात्र र उज्यालोको प्रतीक बनेका छन्। उनीहरु सफल कलाकार र संस्कृति र कलाको राजदूत बन्ने क्षमतावान छन् भन्दै एसडीएफले उनीहरुको सफलताका लागि कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement