गान्तोक: आजदेखि राङ्का खेल-गाउँ परिसरमा अग्निवीर भर्नालाई लिएर अभ्यास तथा तयारीका लागि विशेष प्रशिक्षण शुरू भएको छ। अप्पर बुर्तुकका विधायक डीआर थापाको पहलमा शुरु गरिएको यस प्रशिक्षण सत्रमा अप्पर बुर्तुकका साठ्ठीभन्दा अधिक युवाहरूले भाग लिइरहेका छन्।

भारत सरकारको महत्वकाङ्क्षी योजनाको रूपमा शुरू गरिएको यस अग्निपथ योजनामा सिक्किमका सर्वाधिक युवाहरूले भाग लिइन आह्वान गर्दै विधायक थापाले यस प्रशिक्षण कार्यक्रमबाट अग्निवीर परिक्षाका लागि कसरी तयारी गर्ने, शारीरिक र लिखित परीक्षाका लागि आवश्यक सहयोग गराउने हेतु शुरू गरिएको बताएका छन्। सो तालिमका लागि स्थानीय पञ्चायतहरूले पनि सहयोग पुऱ्याइरहेका छन्।