
कोखैदेखि सुन्दै आएकी
बालापनको तोते बोलीमा बोलेकी
अभिव्यक्तिको साधन बनेकी
आमाले अ आ सिकाएकी
हो यो हाम्रो भाषा नेपाली भाषा।
जनमानसको प्रखर आवाज हौ।
ह्रदयभित्रको गहिरो भाव हौ।
सभ्यता संस्कृतिको परिचय हौ।
साहित्यको तिमी दर्पण हौ।
हो यो हाम्रो भाषा नेपाली भाषा।
एक सुत्रमा जातिलाई बाँध्ने
विविधतामा पनि एकता ल्याउने
हामी सबैको परिचय दिने
चारै दिशालाई एउटै मुठ्ठीमा ल्याउने
हो यो हाम्रो भाषा नेपाली भाषा।
कथा कविता निबन्ध लेखिन्छ
बालापनको सम्झाना लेखिन्छ
मनभित्रको कुरा सुनिन्छ
हजुर यो हाम्रो आफ्नो भाषा
नेपाली भाषा।










