विभिन्न स्थलमा धरती मातालाई एक दिन कार्यक्रम पालन

IMG-20220707-WA0161.jpg

गान्तोक: पर्यावरणसँगै धरतीको संरक्षणहेतू राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरगामी सोंचलाई कार्यमा उतार्दै २०१९-देखि शुरु गरिएको धरती मातालाई एक दिन कार्यक्रम आज विभिन्न स्थानमा पालन गरियो। गेजिङ जिल्लाको याङथाङ समष्टिअन्तर्गत क्योङ्सा गवर्मेण्ट गर्ल्स सीनियर सेकेण्डेरी स्कूलमा क्षेत्र विधायक एवं राज्यका जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बूको मुख्य आतिथ्यमा धरती मातालाई एक दिन कार्यक्रम पालन गरियो। यस अवसरमा मन्त्री लिम्बूले विरुवा रोप्ने कार्य गरे। उनीसँग सिडिकोका अध्यक्ष जनक गुरुङ, गेजिङ जिल्लाका जिल्लापाल श्रीमती येसे डी. योङ्दा, वरिष्ठ पुलिस अधीक्षक हरि छेत्री, जिल्ला वन अधिकारी टीबी गुरुङ, विद्यालयका प्रधानाध्यापक, कर्मचारीगण, विद्यार्थी लगायत वन विभागसँगै सम्बन्धित विभागीय अधिकारी अनि कर्मचारीहरूको उपस्थिति रहेको थियो। उनीहरू सबैले विरुवा रोप्ने कार्य गरे।

यसैगरी, सिक्किम अनि गोवा प्रदूषण नियन्त्रण बोर्डद्वारा आज धरती मातालाई एक दिन कार्यक्रम पालन गरियो। गोवा विश्वविद्यालयमा आयोजित आजको कार्यक्रममा गान्तोक नगरनिगमकी उप-मेयर छिरिङ पाल्देन भोटियाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबैले विश्वविद्यालय परिसरमा विविध प्रजातिका विरुवाहरू रोप्ने कार्य गरे।

यसरी नै मल्लीमा पनि वन विभागको सहयोगमा एसकेएम मल्ली समष्टि समिति अनि बीएसी सुम्बुकमा धरती मातालाई एक दिन कार्यक्रम पालन गरियो।

सोरेङ जिल्लाको भीरडाँड़ास्थित सोरेङ सर्कल ऊर्जा विभागीय कार्यालय परिसरमा धरती मातालाई एक दिन कार्यक्रमअन्तर्गत आज विभिन्न प्रजातिको विरुवा रोपण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement