गोरुबथान: माइपाते “जीवन जीवन ज्योति क्लब” सन राईज क्लब ” थापसङ गैर-सरकारी संस्था ” सुन्नीमा र उपहार स्वनिर्भर” समहुका संयुक्त आयोजना ३२औं नेपाली भाषा मान्यता दिवस भव्यरुपमा पालन गरियो। सन बहादुर राईको सभाध्यक्षमा पालन गरिएको कार्यक्रममा प्रमुख अतिथी नर बहादुर सुब्बा, गंगा बहादुर गिरी अतिथीहरू मन बहादुर राई , भक्त कुमारी सुब्बा बिकास संघ कुवापानीबाट राम कुमार गुरूङ , राम सिंग राई अनि दिपेश गुरूङ आसिन थिए। बिकाश चामलिङले सञ्चालन गरेका यस कार्यक्रममा कुशल सुब्बाले स्वागत भाषण राखेका थिए। नेपाली भाषा बिषय छोटो तर ऐतीहासीक बिषयमा रंञ्जना राईनीले आफ्नो वक्तव्यमा बताए। नेपाली भाषालाई संबिधानको आठौ अनुसुचीमा अन्तर्भक्त गराउन ३६ बर्ष लामो आन्दोलन गर्ने भाषा प्रेमी, साहित्यकार, राजनीतिक दल, बिभिन्न संघ-संस्थाहरूको योगदान सरकारको आश्वासन, नेपाली भाषालाई अवहेलना गरेका तर हार नमानी लगातार सङ्घर्ष गरी नेपाली भाषाले मान्यता २० अगस्त १९९२ मा पाएको बिषयमा छोटकरीमा तर सारगर्भित वक्तव्य बिकाश चामलिङले राखेका थिए। कार्यक्रमलाई मनोरञ्जन गराउन साना नानीहरू क्रमस प्रणीता गिरी, एञ्यजल गुरूङ, बिनीता राई, रेशमा गिरी अनि परी गिरीले सुन्दर नृत्य प्रस्तुत गरे। सपन राई, दिपीका सुब्बा अनि कुशल सुब्बाले कविता बाचन गरे भने संगीता राईनीको मिठो गितले सबैलाई मन्त्रमुग्ध बनाए। सबै वक्ताहरूले भाषालाई माया र संरक्षण गरेर लैजाने पर्ने आह्वान गरे। प्रत्यक्ष, अप्रत्यक्ष रूपमा भाषालाई माया गरेर आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने जस्को अथक परिश्रमका कारण नेपाली भाषाले संविधानको आठौ अनुसुची अन्तर्गत भारतीय भाषाको मयार्दा प्राप्त गरे। माइपाते गाँऊको छोरा प्रकाश सुब्बले राष्ट्रीय स्तरको जेआरएफब अनी निट परीक्षा उत्तीर्ण गरेर आफ्नो नाम सुनौलो अक्षरले लेख्न सफल बनेकोमा आज उहाँलाई सम्पूर्ण गाँऊको पक्षबाट सम्मान जनाइयो। आफ्नो पड़ाईले गर्दा ब्यस्त रहेका कारण प्रकाश सुब्बा अनुपस्थित भएको कारण उनका आमा भक्त कुमारी सुब्बालाई सम्मान पत्र प्रदान गरियो।










