गोरुबथान: २० अगस्त आईतवारको दिन स्थानीय न्यु स्पोर्टिङ क्ल्ब भवनमा नेहरु युवा केन्द्र दार्जिलिङ, अनि न्यु स्पोर्टिङ्ग क्लबको सयुक्त आयोजनामा संस्थाका संस्थापक सदस्य काशीराम प्रधान अनि संस्थाका सभापति कृष्ण रसाइलीको अध्यक्षतामा भारत सरकारको पहलमा हुन गहिरिएरको मेरी माटी मेरा देश, नामक कार्यक्रम सप्पन्न भयो। यस कार्यक्रममा गोरुबथान खण्ड – ३ का ग्राम पन्चायत क्रमैले कुमाई ग्राम पन्चायत, सामसिङ ग्राम पन्चायत, पाटेनगोदक ग्राम पन्चायत अनि रोङो ग्राम पन्चायतहरुमा भारत देशको सिमानामा आफ्नो देशको रक्षाको निम्ति धेरै बर्ष अघिदेखि बसेका सीमा सुरक्षा बल का. अधिकारीगण अनि जवानहरु सब इन्सपेक्टर शेखर राजको अगुवाईमा यस् कार्यक्रममा उपयुक्त ग्राम पन्चायतहरुबाट माटो अनि पानी लिएर उपस्थित भएका थिए। यो कार्यक्रमको मुख्य उदे्देश्य – भारत देशको विभिन्न प्रान्तमा भएको विभिन्न गाउँहरुबाट त्यस् गाउँको माटो र पानी संकलन गरि देशको महानगर दिल्लीमा एक बिराट स्मारक निर्माण गरिने निश्चय भएकोरहेछ। यस कार्यक्रममा संकलन भएको माटो र पानी नेहरु युवा केन्द्र दार्जिलिङ मार्फत न्यु स्पोर्टिङ्ग क्लब सोम्बारे बजारले एन बाइ के दार्जीलिङलाई सुम्पिने कार्यक्रम रहेकोछ।
आजको यो महत्वपुर्ण कार्यक्रममा संस्थाका संस्थापक सदस्य बाबुराम प्रधान, राजेश परियार, सदस्यहरु- मन्जय प्रधान, अर्जुन बराईली, राजु छेत्री, अशोक रोय, बिजय प्रधान, जर्सिङ तामङ थिए। आजको कार्यक्रमको संचालन संस्थाका महासचिव सुरज प्रधानले गरेका थिए। आजको महत्त्वपूर्ण कार्यक्रममा सब इन्सपेक्टर शेखर राजले यो कार्यक्रमको उदे्दश्य र बिशेषता विषयमा विस्तारमा आफ्नो वक्तव्य राखेका थिए। संस्थाको सदस्य काशीराम प्रधान अनि सभापति कृष्ण रसाइलीले सम्बोधन साथै धन्यवाद ज्ञापन राखे।











