अलिपुरद्वारमा नकली नोट सहित एकजना पक्राउ

IMG-20230820-WA0155.jpg

अलिपुरद्वार: अलिपुरद्वार पुलिसले नकली नोट सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति पानियालगढी निवासी ब्रजेन शीलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति साढे ८ बजी अलिपुरद्वारको माझेरडाबरी चौपथी इलाकामा पुलिसले अभियान चलाएर उक्त सफलता हासिल गरेको बताइएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर अतिरिक्त पुलिस सुपर कुन्तल ब्यानर्जीले बताएअनुसार एन्टी क्राइम टीम तथा अलिपुरद्वार थानाका आईसीको नेतृत्वमा अभियान चलाएर ६ लाख ३३ हजार रुपियाँ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। उद्धार गरेको रुपियाँमध्ये १ लाख ३३ हजार रुपियाँ नकली नोट रहेको बताइएको छ।

पक्रा परेका व्यक्ति अन्तर्राज्यीय तस्करहरूसित संलग्न रहेको छ अथवा छैन भन्ने विषयमा पुलिसले छानबीन गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement