२० अगस्तः ईंग्लिश प्रीमियर लीगको नयाँ सीजनमा म्यानचेष्टर सिटीले आफ्नो विजयाभियान जारी राख्यो। गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले शनिवार राति खेलिएको म्याचमा न्यूक्यासललाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट जूलियन अल्वारेजले ३१औं मिनटमा गोल गरे।

यसरी लिभरपूलले शुरुमै गोल खाए पनि बोर्नमाउथ विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। होम ग्राउण्ड एनफील्डमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट लुइस डिआजले २८औं, मोहामेद सलाहले ३६औं र डिओगो जोटाले ६२औं मिनटमा गोल गरे। म्याचको ५८औं मिनटमा मीडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई रेड कार्ड देखाइए पनि लिभरपूललाई जीत हासिल गर्न कुनै असुविधा भएन। बोर्नमाउथबाट एण्टोनी सेमेन्योले तेस्रो मिनटमा गोल गरे। यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ टोटनह्याम हट्स्पर विरुद्ध २-०-ले हारको सामना गर्नु पऱ्यो। होम ग्राउण्डमा खेलिरहेको टोटनह्यामबाट पापे माटार सारले ४९औं मिनटमा गोल गरे।

यसबाहेक म्यानचेष्टर युनाइटेडका डिफेण्डर लिसान्द्रो मार्टिनेजले ८३औं मिनटमा आफ्नै नेटमा गोली हाल्दा टोटनह्यामलाई दोस्रो गोल हासिल भयो। प्रीमियर लीगका अन्य म्याचहरूमा ब्राइटनले वूल्भरह्याम्प्टनलाई ४-१-ले, नटिंघम फरेष्टले शेफील्ड युनाइटेडलाई २-१-ले अनि ब्रेण्टफोर्डले फूलहामलाई ३-०-ले पराजित गऱ्यो। प्रीमियर लीग टेबलमा अहिले ब्राइटन गोल अन्तरले आधारमा शीर्ष स्थानमा रहेको छ। यसरी २ वटा म्याचमा ब्राइटनको बराबर ६ पोइण्ट्स लिएर म्यानचेष्टर सिटी दोस्रो स्थानमा रहेको छ।










