सिलगढी: सिलगढी शहर नजिकै फुलबारीमा नहर रोडमा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृतक दुवैको घर सिलगढीमा रहेको छ। मृत्यु हुनेमा सिलगढी मिलनपल्ली निवासी करिब ५० वर्षकी नैना अग्रवाल र सिलगढी इस्कॉन मन्दिर रोड निवासी करिब ६० वर्षका रामचल गुप्ता रहेका छन्। दुवै जना नहर रोडमा स्कुटरमा आउँदै गर्दा पिकअपले ठक्कर दिएको हो। सूचना पाएलगत्तै सिलगढी महानगरीय पुलिसको नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले दुर्घटनामा परेकाहरुलाई उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पुर्याएको थियो जहाँ चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए।










