सिलगढी: विनय बादल दिनेश संघद्वारा खेलप्रति सबैको रुचि बढाउन दिन–रात फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। आइतबार सिलगढीको भक्तिनगर मैदानमा आयोजना भएको प्रतियोगिताको उद्घाटन सिलगढी नगर निगमका उपमेयर रञ्जन सरकारले गरेका थिए।

यस प्रतियोगिताको नाम ‘विवादी कप २०२३’ राखिएको छ। प्रतियोगिताको उद्घाटनमा वार्ड नम्बर ३५, सिलगढी नगर निगमका काउन्सिलर शम्पा नन्दी र अन्य उपस्थित थिए।










