कोरोनाकाे ५४ नयाँ मामिला, १ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९६,६५३ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले पश्चिम बंगालमा १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९२६ पुगेको छ। यसरी नै यस अवधिमा ४६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६३,२५२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,४७५ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९,४०५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,४४,०५,७५५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १८२ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,६१,२७६ जनाले यो खोप लगाइसकेको छन्।










