२० अगस्तः विश्वका महान फूटबल खेलाड़ीहरूमा एक लियोनल मेस्सीले अमेरिकामा खुट्टा राख्नको साथै खेलप्रेमीहरूलाई मन्त्रमुग्ध पारे। उनले मेजर लीग सकर (एमएलएस)-मा आफ्नो टीम इण्टर मियामीलाई पहिलोपल्ट लीग्स कप च्याम्पियन बनाए। मेस्सीको कप्तानीमा टीमले लगातार सातौं म्याचमा जीत हासिल गऱ्यो। इण्टर मियामीले लीग्स कपको फाइनलमा नाशविलेलाई पेनल्टी शूटआउटमा १०-९-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।

म्याचको आनन्द लिन स्टेडियममा ईंग्ल्याण्डका पूर्व कप्तान तथा इण्टर मियामीका सहमालिक डेविड बेकहम पनि उपस्थित थिए। फाइनलमा पनि मेस्सीले गोल गरे, जुन उनको इण्टर मियामीबाट सातवटा म्याचमा दशौं गोल हो। मेस्सीले २३औं मिनटमा गोल गरी इण्टर मियामीलाई बढ़त दिलाए। दोस्रो हाफमा चाहिँ फाफा पिकाल्टले ५७औं मिनटमा गोल गरी नाशविलेलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि म्याचमा थप गोल हुन नसक्दा पेनल्टी शुटआउट शुरु भयो, जुन निक्कै लामो समयसम्म चल्यो। नतीजा हासिल गर्न दुवै टीमले ११-११ वटा शट् लिनु पऱ्यो।

आ-आफ्नो टीमको अन्तिम प्रयासमा पहिला इण्टर मियामीका गोलकीपर ड्रेक केलेण्डर आए, जसले गोलीलाई सफलतापूर्वक नेटमा हारे। त्यसपछि नेशविलेका गोलकीपर इलियट पानिको अघि आए तर उनको प्रयासलाई ड्रेक केलेण्डरले रोकेर इण्टर मियामीलाई च्याम्पियन बनाए। मेस्सीलाई टुर्नामेण्टको बेस्ट प्लेयरको साथमा टप स्कोररको दुईवटा पुरस्कार हासिल भयो। टीमका गोलकीपर ड्रेक केलेण्डरले बेस्ट गोलकीपरको पुरस्कार जिते। यो मेस्सीको फूटबल करियरको ४४औं खिताब हो। यसरी उनी करियरमा सर्वाधिक खिताब जित्ने फूटबलर बनेका छन्। यस मामिलामा उनले आफ्नो साथी तथा बार्सिलोनाका पूर्व खेलाड़ी ड्यानी आल्वेसलाई पछि छोड़े।










