शूटिंगमा काँस्य पदकको साथ मेहुली घोषलाई पेरिस ओलम्पिकको कोटा

IMG-20230820-WA0139.jpg

२० अगस्तः युवा शूटर मेहुली घोषले शनिवार यहाँ विश्व च्याम्पियनशीपमा महिलाहरूकी १० मीटर एयर राइफल स्पर्धामा काँस्य पदक जितेर आउँदो साल हुने पेरिस ओलम्पिकमा भारतको निम्ति एउटा कोटा हासिल गरिन्। कलकत्ताकी २२ वर्षीय शूटरले तिलोतमा सेन र रमितासँग मिलेर १८९५.९-को जम्मा स्कोरको साथ १० मीटर एयर राइफल टीम स्पर्धा पनि जितिन्। चीनले १८९३.७ पोइण्ट्स लिएर रजत र जर्मनीले काँस्य पदक जित्यो। ओलम्पिक कोटाको प्रावधान केवल व्यक्तिगत स्पर्धामा सीमित छ। मेहुलीले फाइनलमा २२९.८-को स्कोर बनाएर पोडियममा स्थान सुनिश्चित गरिन्। यस स्पर्धामा चीनकी जियाऊ हान (२५१.४)-ले स्वर्ण अनि झिलिन वांग (२५०.२)-ले रजत पदक जितिन्। एयर राइफल स्पर्धामा शीर्ष तीन शूटरहरूले ओलम्पिक कोटा पाउँछन्। भारतले मेहुलीभन्दा अघि पेरिस ओलम्पिकको तीनवटा कोटा हासिल गरेको थियो। रुद्रांक पाटिलले पुरुषहरूका १० मीटर एयर राइफल, स्वप्निल कुसालेले ५० मीटर राइफल थ्री पोजिशन्स र भोवनीश मेन्दिरत्ताले ट्रेप पुरुष स्पर्धामा कोटा हासिल गरेका थिए। मेहुलीले क्वालीफिकेशन राउण्डमा असाधारण प्रदर्शन गरिन्, जसमा उनी १४० शूटरहरूबीच ६३४.५ पोइण्ट्सको साथ पहिलो स्थानमा रहेकी थिइन्। स्वर्ण पदक जित्ने हान क्वालीफिकेशनमा तेस्रो अनि रजत पदक जित्ने वांग आठौं स्थानमा रहेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement