२० अगस्तः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको म्याचमा गोराबारी एफसी-ले साकातार एफसी-लाई ३-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा एसएके खरसाङले सूम कमानलाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकहरूले टुर्नामेण्टको संशोधित फिक्स्चर जारी गरेका छन्। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।










