सेमिफाइनलमा पुग्न सफल मिलन स्पोर्टिंग क्लब

photocollage_2023820123541515.jpg

२० अगस्तः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार तेस्रो क्वार्टर फाइनल म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा मिलन स्पोर्टिंग क्लबले धजिया युनाइटेडलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रियांशु थापा र प्रज्वल राईले २-२ गोल गरे। यसरी धजिया युनाइटेडबाट चिराग तामाङले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement