यूसीएफसी र मुण्डा बाँसघारी प्री-क्वार्टर फाइनलमा

photocollage_2023820114155127.jpg

२० अगस्तः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा आयोजक यूसीएफसी (अप्पर सीडर्स फूटबल क्लब)-ले बीबीएफसी (बुलेट ब्रदर्स फूटबल क्लब), दार्जीलिङलाई ५-०-ले पिट्यो। विजेता टीमबाट अनमोल छेत्रीले ह्याट्रिक गरे जबकि निखिल राई र निश्चल मंग्रातीले १-१ गरे। यसरी दोस्रो म्याचमा मुण्डा बाँसघारीले धजिया बस्तीलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रतीक राईले ह्याट्रिक गरे। यसबाहेक साहिल राईले २ गोल गरे। यसरी धजिया बस्तीबाट अनिकेत राईले २ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement