नाम्ची: भारतीय सेनाको त्रिशक्ति कोरले नाम्ची जिल्लाको सुदूर ठाउॅंहरूमा वेटरन्सको निम्ति आउटरिच कार्यक्रम आयोजन गरेको छ। यस कार्यक्रम अन्तर्गत वेटरन्ससॅंग अन्तरक्रिया गर्दै उनीहरूका समस्याहरूलाई समाधान गरिएको बताइएको छ। यस अवसरमा चिकित्या शिविर पनि आयोजना गरियो। शिविरमा धेरै वेटरन्स र उनीहरूका परिवारहरूलाई निःशुल्क चिकित्सा जॉंच साथै औषधि प्रदान गरियो। भारतीय सेनाले समय समयमा यसरी आउटरिच कार्यक्रम आयोजन गर्ने गरेको बताइएको छ।









