गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम सिक्किमको योक्सममा आज नवनिर्मित पशुचिकित्सा केन्द्र एवं जूनोटिक ल्याबोरटरीको उद्घाटन गरे। यस अवसरमा विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्री भीमहाङ लिम्बू, लोक सभा सांसद इन्द्रहाङ सुब्बा आदि उपस्थित थिए।
मुख्यमन्त्री तामाङले पूर्वाधार उद्घाटनपछि भ्रमण पनि गरे। उनले गेजिङ जिल्ला प्रशासनिक केन्द्रको प्रयासको सराहना गर्दै सबैलाई बधाई दिए।
विधानसभा उपाध्यक्ष लेप्चाले अद्वितीय योजनाको निम्ति जिल्लापालको सराहना गर्दै यस केन्द्रको माध्यमद्वारा पशुधनलाई लाभ पुग्ने आशा व्यक्त गरे।
जिल्लापाल वाईडी योङ्दाले परियोजनामाथि प्रकाश पार्दै यसको संरचना पर्यावरण मैत्री रहेको र स्थानीय रूपमा उपलब्ध संसाधन प्रयोग गरेर निर्माण गरिएको जानकारी गराइन्।
जानकारी अनुसार, यो केन्द्रको स्थापना जिल्ला प्रशासन र नाबार्डद्वारा गरिएको हो। यो केन्द्रले प्राणीजन्य रोगहरूको प्रबन्धनलाई केन्द्र गरेर काम गर्नेछ, जुन विशेषगरि स्क्रब टाइफस आदि जस्ता किराहरूले टोक्दा हुने गर्दछ।










