गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सम्पूर्ण सिक्किमेवासीहरूलाई नेपाली भाषा मान्यता दिवस र सद्भावना दिवसको शुभकामना व्यक्त गरेका छन्। राज्यपाल आचार्यले सद्भावना दिवस एकता, शान्ति र सद्भावको प्रतीक हो भन्दै जसले विविधतामा एकताको भावना झल्काउँछ भनी बताएका छन्. भारतको एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने प्रतिज्ञा गरौं भन्ने आह्वान गर्दै उनले जात, धर्म, क्षेत्र र भाषाको भेदभावभन्दा माथि उठेर कायम राख्ने एकताका साथ देशको हितमा काम गर्ने हो भनी जनाएका छन्। यससँगै नेपाली भाषा मान्यता दिवसको अवसरमा पनि उऩले
बधाई तथा शुभकामना दिएका छन्। आफ्नो सन्देशमा राज्यपालले आफ्नो भाषाको विकास हरेक विकासको कुञ्जी रहेको आफ्नै भाषाको ज्ञान बिना, व्यक्तिको आत्मा नष्ट हुन नसक्ने बताएका छन्। भाषाको ज्ञान बिना मनको पीडा हटाउन पनि गाह्रो छ भन्दै राज्यपालले सन् १९९२ मा नेपाली भाषाले
भारतीय संविधानको आठौं अनुसूचीमा समावेश,पाएको उल्लेख गरे। भाषा कुनै पनि संस्कृति र मानव सभ्यताको जीवन रेखा हो प्रगतिको आधार हो, जहाँ भाषाले संस्कृतिलाई बलियो बनाउँछ, त्यहाँ संस्कृतिले समाजलाई बलियो बनाउँछ, उनले सन्देशमा यसो भने। संसार जतिसुकै अगाडी बढे पनि मातृभाषा परिवर्तन हुँदैन। आफ्नो मातृभाषाको गौरव गर्ने यो अवसरलाई सदुपयोग गरौं, उनले भने। भाषा संस्कृति जोगाउनुका साथै अरुको भाषा संस्कृतिको सम्मान गरौँ भन्ने सन्देश पनि राज्यपालले आफ्नो सन्देशमा दिएका छन्।










