दार्जीलिङ: आगमी १ सेप्टेम्बरदेखि शुरू हुने कोचिङ क्लासको विधार्थीहरू लाई अजय एडवाडर्स ले दिए बधाई अनि शुभकामना।दार्जीलिङ पार्वतीय क्षेत्र हरूबाट आईएएस,आईपीएस साथै डुब्लूवीसीएस जस्ता उच्च सरकारी सेवामा पूग्न सकोस भन्ने हेतुले एडवाडर्स फाउण्डेशनले यूपीएससी,डुब्लूवीसीएस आदि जस्ता उच्च परिक्षामा सफलताको शिखर चुम्न तालिम उर्फ कोचिङ गराउँदै आई रहेको छ। २०२३ र ०२४ को यूपीएससी र डुब्लूवीसीएस परिक्षाको निम्ति एडवाडर्स फाउण्डेशनले आगमी १ सेप्टेम्बर देखि कोचिङ कार्य शुरू गर्ने भएको छ।गत केही सप्ताह अधि एडवाडर्स फाउण्डेशनले यूपीएससी र डुब्लूवीसीएस परिक्षाको कोचिङ कार्यको निम्ति छनौट कार्य गरेका थिए, जसमा पहाडका ११ जना विधार्थीहरू छनौट आएका छन।आज ती विधार्थीहरूलाई सम्बद्र्वना एंव सम्मान जनाउँने कार्य हरू गरियो।एडवाडर्स फाउण्डेशनको पक्षबाट छनौट गरिएको विधार्थीहरूलाई खदा लगाउँदै उनीहरूलाई उत्सव र हौसला प्रदान गरयो। अर्कोतिर एडवाडर्स फाउण्डेशनको अजय एडवाडर्सले छनौट भएका विधार्थीहरूलाई बधाई अनि शुभकामना दिएका छन।यसै संदर्भमा एडवाडर्स फाउण्डेशन रोषन लामाले उपस्थित विधार्थीहरूलाई सम्बोधन गर्ने क्रममा अधि भने एडवाडर्स फाउण्डेषनले हरेक साल विधार्थीहरूलाई यस्तो प्रकारको कोचिङ दिने कामहरू गर्दै आई रहेको छ।

यस साल पनि फाण्डेषनले कोचिङ दिने काम गर्दैछ, यसको निम्ति विधार्थीबर्ग साथै अभिभावकहरू लाई बधाई दिए।लामाले अधि भने हाम्रो पहाडमा यस्तो परिक्षाहरूको निम्ति कोचिङ दिने कुनै ठाउँ एंव सेन्ट्रर छैन तर हाम्रो विधार्थीहरूसंग यस्ता उच्च परिक्षा उतीर्ण हुने क्षमता र दक्षता छ, त्यसैले एडवाडर्स फाउण्डेषनले कोचिङको ब्यवस्था मिलाएको हो।एडवाडर्स फाउण्डेषनको सोच अनि लक्ष्य हाम्रो पहाडबाट पनि आइएएस,आईपीएस,डुब्लूवीसीएस जस्ता उच्च पदाधिकारीहरू भरमार होस लामाले भने।










