मङपू: दु:ख परेको बेला सेवा गर्नु नै सबै भन्दा ठुलो धर्म हो भन्ने प्रमाण टिस्टा रङीत रेसक्यु सेन्टरले दिएको छ। आज फेरि ज्यानको बाजि लगाएर “टिस्टा रङीत रेस्क्यु सेन्टर”संस्थाले टिस्टा नदीबाट निखोज बनेको युवकको शवलाई उद्दार गर्न सफल भएको छ। गत १४ अगस्तको दिन रम्बी रयाङ खोलाबाट बगाएर बेपत्ता भएका २३ वर्षीय कालचिनी युवक साजेस लामाको शवलाई आज ६ दिन पछि कलिझोडाको एनएचपीसी ड्याम्पबाट उद्दार गर्न सफल भएको छ। आर्थिक विपन्नमा रहेको मृतक साजेश लामाको शवलाई नि:शुल्क रूपमा निकालेर परिवार पक्षलाई टिस्टा रङीत रेसक्यु सेन्टर अनि रम्बी पुलिसको सहयोगमा आज स्व साजेश लामाको शवलाई टिस्टा नदीबाट उद्दार गरि पोस्टमार्टम गरेर परिवार पक्षलाई सुम्पिएको छ।











