३१९ लाभार्थीहरूलाई सिक्किमका मुख्यमन्त्री चिकित्सा सहायता कोष अन्तर्गत आर्थिक सहयोग प्रदान

SIK1.jpg

गान्तोक: आज एउटा कार्यक्रमबीच मुख्यमन्त्री चिकित्सा सहायता कोष अन्तर्गत ३१९ जना लाभार्थीहरूलाई आर्थिक सहयोग प्रदान गरियो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको निर्देशनमा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण राई गोलेले सिक्किम साथै अन्य राज्यमा उपचार गराइरहेका बिरामी साथै उनीहरूका अभिभावकहरूलाई चेक वितरण गरिन्। मुख्यमन्त्रीका सचिव एसडी ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सीएमओ लगायत अन्य अधिकारीहरू पनि उपस्थित थिए।

मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा मुख्यमन्त्री चिकित्सा राहत कोषले स्वास्थ्य उपचारका लागि आर्थिक सहयोगको आवश्यक्ता रहेकाहरूलाई सहयोग राशि उपलब्ध गराउन मद्दत पुऱ्याउने गरेको छ। बिरामीको आवश्यक्तालाई मध्यनजर गर्दै गरीबी रेखा मुनिका परिवारका सदस्यलाई विशेष प्राथमिकताको साथ यसको लाभ प्रदान गर्ने प्रावधान मिलाइएको बताइको छ।

आज लाभान्वित लाभार्थीहरूले सिक्किमका मुख्यमन्त्री साथै उहाँकी धर्मपत्नी प्रति कृतज्ञता प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement