सिलगढीः मणिपुर घटनाको निन्दा गर्दै दार्जिलिङ जिल्ला तृणमूल महिला कांग्रेसले सिलगढीमा विरोध र्याली निकाल्यो। शनिबार सिलगढीको मल्लगढीमा शहीद खुदिराम बोसको प्रतिमा अगाडि विरोध र्याली सुरु भएको थियो। जुन हिलकार्ट रोड हुँदै दार्जिलिङ मोडमा पुगेर अन्त्य भयो। विरोध र्यालीमा सहभागी महिलाहरूले मणिपुरका आदिवासी पहिरन लगाएर कालो मैनबत्ती बालेर घटनाको निन्दा गरेका थिए। विरोध र्यालीमा राज्य महिला तृणमूल कांग्रेस अध्यक्ष चन्द्रिमा भट्टाचार्य, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष, दार्जिलिङ जिल्ला तृणमूल महिला कांग्रेस अध्यक्ष मिलि सिन्हा लगायत पार्टी कार्यकर्ताहरू उपस्थित थिए। र्यालीबाट चन्द्रिमा भट्टाचार्यले मणिपुर घटनामा प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिन्।









