सिलगढी: हीरक वर्षको उपलक्ष्यमा आज सिलगढ़ी देवकोटा संघको युवा विभागको नेतृत्वमा माध्यमिक स्तरका विध्यार्थीहरूलाई लिएर निबन्ध लेखन प्रतियोगिता आयोजना साथै विध्यार्थीहरू माझ क्यारम बोर्ड प्रतियोगिता आयोजना गरियो। यसको निम्ति सिलगढ़ीका नेपाली माध्यमिक विद्यालयबाट विद्यार्थीहरूले भागलिएका थिए। निबन्ध प्रमुख विषयहरू भूमण्डलीकरण ,खाद्यन्न संकट वर्तमान स्थितिमा मोबाइलको प्रयोग राखिएको थियो। निबन्ध लेखन प्रतियोगितामा ३३ जना विद्यार्थीहरूले भागलिएका थिए भने १२ जना विद्यार्थीहरूले क्यारमबोर्ड प्रतियोगितामा भाग लिएका थिए। निबन्ध लेखन प्रतियोगितामा निर्णायकको रूपमा गणेश प्रधान, सतीश रसाइली, श्रीमती देवीका मंग्राती र श्रीमती पार्वती देवान थिए। क्यारम बोर्ड प्रतियोगितामा निर्णायकको रूपमा महेश प्रधान र श्रीमती करूणा छेत्री थिए। यस बारेमा कार्यक्रमका संयोजक देवराज शर्माले जानकारी दिएका छन्l









