टाशीलिङ सचिवालयमा सदभावना दिवस पालन

IMG-20230819-WA0314.jpg

गान्तोक: प्रत्येक वर्ष २० अगस्तको दिन सदभावना दिवस पालन गरिन्छ, तर यस वर्ष २० अगस्त आइतबार छुट्टीको दिन परेको हुनाले आज राज्यको विभिन्न विभागमा सदभावना दिवस पालन गरियो। यसै क्रममा आज टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव भीबी पाठकले सबै अधिकारीहरूलाई सदभावनाको शपथ ग्रहण गराए। उक्त कार्यक्रममा गृह विभागका अतिरिक्त मुख्य सचिव ए. सुधाकर राव, शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ लगायत विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। प्रतिवर्ष २० अगस्तको दिन देशले विभिन्न धर्म, भाषी र क्षेत्रका मानिसहरूबीच राष्ट्रिय एकता र साम्प्रदायिक सद्भावलाई अघि बढाउने उद्देश्यले शपथ ग्रहण गर्दै सद्भावना दिवस पालन गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement