गान्तोकः सदभावना दिवसको अवसरमा आज सिक्किम सरकारका विभिन्न विभागहरूमा सदभावना दिवस पालन गरियो। यसै क्रममा आईपीआर विभाग र जिल्ला प्रशासनिक केन्द्रमा पनि अधिकारीहरू र कर्मचारीहरूलाई सदभावना दिवस शपत दिलाइयो।
आईपीआर विभागकी सचिव कर्मा डोमा योत्सोले विभाग परिसरमा अधिकारीहरू र कर्मचारीहरूलाई शपत ग्रहण गराइन्। यसैगरी, जिल्ला प्रशासनिक केन्द्र परिसरमा जिल्लापाल तुषार निखारे, एडीसी राधा प्रधान, एसडीपीओ टाशी छोपे भोटियाको उपस्थितिमा अधिकारीहरू र कर्मचारीहरूलाई शपत दिलाइयो।
सदभावना दिवस देशका पूर्व प्रधानमन्त्री स्व. राजीव गान्धीको जयन्तीको अवसरमा पालन गरिन्छ। सो दिवस हरेक साल राष्ट्रिय एकता, शान्ति र साम्प्रदायिक सद्भावको निम्ति पालन गरिन्छ।









