कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले राज्यको उत्तर २४ परगना जिल्लामा दुई अलग-अलग ठाउँ चलिरहेको अवैध टेलीफोन एक्सचेञ्जमा छापा मारेको छ। एसटीएफका एसपी इन्द्रजीत बसुले शनिवार दिउँसो यसबारे जानकारी दिए, उत्तर २४ परगनामा दुई अलग-अलग ठाउँ चलिरहेको अवैध टेलीफोन एक्सचेञ्जमा छापा मार्दा १३ सिम बक्स उद्धार गरिएको छ। यस बाहेक यसलाई चलाउने गुटको अझ् एक सदस्य पक्रा परेको छ। उसको पहिचान कबीर दफादारको रूपमा गरिएको छ। ४७ वर्षीय कबीर उत्तर २४ परगना जिल्लाको हकीमपुर थाना क्षेत्रको निवासी हो। सिम बक्स बाहेक धेरै इन्टरनेट राउटर र ६०० अवैध सिम कार्ड उद्धार गरिएको छ।
यसअघि ११ अगस्तमा हवाड़ाको मालीपांचघाड़ा थाना क्षेत्रमा पनि छापा मारेर यस्तै एक अवैध टेलीफोन एक्सचेञ्जको खुलासा भएको थियो। यस मामिलामा सीआरपीसीका धाराहरू अन्थर्गत मामिला दर्ता गरी जाँच शुरू गरिएको थियो। एसटीएफले यो केस आफ्नो हातमा लिएको थियो। त्यही क्रममा सोधपुछपछि शुक्रवार साझँ उत्तर २४ परगनाको पेट्रापोल बजार नजिक शबीर इन्टरप्राइज नाम गरेको एउटा दोकानमा छापा मारिएको थियो। यसैगरी स्वरूपनगर थाना क्षेत्रको हकीमपुरमा कबीर दफादारको निर्माणाधीन अवैध तीन तल्ले घरमा छापा मारेको समय एकलाई पक्राउ गरियो।
-हिस









