कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्यु मामिलामा कलकत्ता हाईकोर्टमा शनिवार तेस्रो जनहित याचिका दर्ता भएको छ। विश्वविद्यालयका पूर्व छात्रले यो जनहित याचिका लगाएको छ। मुख्य न्यायाधीस टीएस शिवगणनम र हिरणमय भट्टाचार्यको खण्डपीठमा यो याचिका स्वीकृत भएको छ। आगामी साता यसमा सुनवाई हुनेछ। यस याचिकामा मामिलाको जाँचमा केन्द्रिय अन्वेषण जाँच ब्यूरो (सीबीआई), राष्ट्रिय जाँच एजेन्सी (एनईआए) र नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लाई सामेल गरिने माग गरिएको छ।
याचिकामा पूर्व छात्रले भन्यो, यसमा छात्रहरूलाई शारीरिक र मानसिक रूपमा उत्पीड़न गरिने गहिरो षड़यन्त्रबारे थाहा लाग्दछ, जसको जरासम्म पुग्नका लागि सीबीआईलाई सामेल गरिनु जरूरी छ। यसमा धेरै देश विरोधी गतिविधिहरू पनि अघि आइऱहेका छन्। यसैले एनआईएलाई पक्षकार बनाइनुपर्छ। साथै व्यापक स्तरमा विश्वविद्यालयको होस्टलमा नशाको सेवन भएको कुरा अघि आएको छ। त्यसलाई ध्यानमा राखेर एनसीबीलाई पक्षकार बनाइनुपर्छ।
-हिस









