कोलकाताः जादवपुरमा ऱ्यागिङको मामिला अहिले सेलाएको पनि छैन कि यहीबीच बालीगंज साइन्स कलेजमा बीटेकको एक छात्रले तृणमूल छात्र परिषदका सदस्यहरूमाथि ऱ्यागिङको आरोप लगाएको छ। विश्वजीत हाजरा नाम गरेको यस छात्रले आरोप लगाएको छ, वर्ष २०१९ मा उसले कलेजमा एडमिशन पायो। तबदेखि चार वर्षसम्म उसलाई ऱ्यागिङको शिकार हुनपऱ्यो। उसलाई बाहिरबाट मदिरा ल्याउने र बलपूर्वक पिउनका लागि बाध्य गरियो। उसलाई यहाँ मानसिक र शारीरिक रूपमा प्रताड़ित गरियो। उसको कमरामा बम फ्याँकियो र उसलाई पनि तेस्रो तलाबाट फ्याक्ने प्रयास गरियो। कलेज प्रशासनले पुलिस थानामा शिकायत पनि दर्ता गरायो तर कुनै फायदा भएन। विश्वजीत दुई वर्षदेखि लकडाउनको कारण घरमा थियो। तर कलेज खोलिएपछि उनीमाथि अत्याचार अझ् बढ्यो। विश्वजीतलाई शनिवार मजिस्ट्रेट सामू गुप्त बयान दिनको निम्ति अलीपुर अदालतमा बोलाइएको थियो। दुई सातापछि नै कलेजबाट निस्केपछि उसले थानामा एफआईआर दर्ता गराएको थियो। यद्यपि, टीएमसीपीले यस आरोपलाई पूर्ण रूपमा खारेज गरेको छ।
-हिस









