जेयू डीनको ठूलो लापरवाही उजागर, सम्भावित आत्महत्याको जानकारी भएपनि होस्टल गएनन्

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः जादवपुर विश्वविद्यालयका डीन अफ स्टूडेन्ट्स रजत रोयलाई पक्राउ गरिने सम्भावना छ। घटना भएको रात अर्थात् ०९ अगस्तको मध्यरातमा विश्वविद्यालय परिसरमा भएको घटनापछि लगातार सोधपुछ र जाँचमा डीन अफ स्टूडेन्सले घटनाको दिन घोर लापरवाही गरेको, जस कारण छात्रको मृत्यु भएको उजागर भएको छ। जाँचमा सामेल एक पुलिस अधिकारीले नाम उजागर नगर्ने शर्तमा भने, घटना भएको रात जब स्वप्नदीपको साथ ऱ्यागिङ भइऱहेको थियो तब एक छात्रले रजत रायलाई फोन गरेको थियो। उसले फोनमा भनेको थियो कि स्वप्नदीपको लुगा खोलिएको छ। उसको अप्राकृतिक सम्बन्ध बनाउने प्रयास भइऱहेछ। स्वप्नदीप लगातार रोइरहेछ र ज्यान दिने कुरा गरिरहेछ। यदि आउनमा ढिलो भयो भने उसले छप्परबाट हाम फाल्नसक्छ।

फोन गरेपनि रजत रोय होस्टलमा नआएको आरोप छ। उनले होस्टलका सुपरिटेन्डेन्ट द्वीपायनलाई फोन गरेर कुरा टार्रेका थिए औं होस्टल सुपरिटेन्डेन्टले पनि यस मामिलामा कुनै चाँसो देखाएनन्। पछि थाहा लाग्यो कि स्वप्नदीपको छप्परबाट झरेर मृत्यु भएको छ। यसपछि पनि डीन अफ स्टूडेन्ट्सले लगातार जाँचलाई भ्रमित पारिरहे। अब पुलिस उनीसित एक पल्ट फेरि सोधपुछ गर्ने तयारीमा छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement