भारत-बांग्लादेश सीमान्त क्षेत्रबाट तस्कर पक्राउ

IMG-20230528-WA0320-5-300x172-14

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बलको एक्स-२१औं बटालियनको बीओपी रामकृष्णका जवानहरूले एक भारतीय तस्करलाई समाएका छन्। पक्रा परेको भारतीय तस्करको नाम मोहम्मद तफजुल सरकार (५१) बताइएको छ।

जानकारी अनुसार, बीओपी रामकृष्णका जवानहरूले सतकुरा बजारमा साइकलमा गइऱहेको तफजुललाई समाए। जब उसको गहन तलाशी लिइयो तब व्यक्तिदेखि बिना सिम कार्डको दुई वटा मोबाइल उद्धार गरियो। उसले उक्त मोबाइल भारतदेखि बांग्लादेश तस्करी गर्न लगिरहेको थियो। पक्रा परेको तस्करलाई जफत गरिएको समानको साथ कोतवाली थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement