जादवपुर विश्वविद्यालय मामिलामा तीन अझ विद्यार्थी पक्राउ

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको छतबाट झरेर भएको मृत्यु मामिलामा पुलिसले तीन अझ विद्यार्थीलाई पक्राउ गरेको छ। पक्रा पर्ने विद्यार्थीहरूको नाम केमिस्ट्रीमा पीजी पासआउट छात्र शेख नसीम अख्तर, गणितमा पीजी पासआउट छात्र हिमांशु कर्मकार र वर्तमानमा विश्वविद्यालयमा कम्प्यूटर साइन्स लिएर चौथो वर्षको पढ़ाई गरिरहेका छात्र सत्यव्रत राय बताइएको छ। शेख नसीम अख्तर र हिमांशु कर्मकार पूर्व छात्र हुन्।

उनीहरूको पक्राउका साथै यस मामिलामा पक्रा पर्ने आरोपितहरूको संख्या बढ़ेर १२ पुगेको छ। यस अघि १६ अगस्तमा ६ जना छात्रलाई पक्राउ गरिएको थियो। उनीहरूको नाम मोहम्मद आसिफ, मोहम्मद आरिफ, अंकन सरकार, आसित सरदार, सुमन नश्कर र सप्तक कमेलिया हो। आसित सरदार, सप्तक र सुमन पूर्व छात्र हुन्। उनीहरू बाहेक दुई अन्य छात्रलाई पनि हिरासतमा लिइएको छ।

कोलकाता पुलिसका संयुक्त आयुक्त शंख शुभ्र घोषले डीन अफ् स्टुडेन्ट्स र रजिस्ट्रारसॅंग सोधपुछ गर्नेछ। आफ्नो पढ़ाई पूरा गरेर पनि २० भन्दा धेरै छात्र विश्वविद्यालयको होस्टेलमा अवैध तरिकाले बसिरहेको खुलासा भएको छ। यस मामिलामा सौरभ चौधरी, दीप शेखर दत्त र मनोतोष घोषलाई पुलिसले अगावै पक्राउ गरिसकेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement