कोलकाताः जादवपुर विश्वविद्यालयपछि अब कलकत्ता विश्वविद्यालयमा पनि एक छात्रको साथ ऱ्यागिङको मामिला अघि आएको छ। पुलिसमा शिकायत दर्ता गरेपनि कुनै कारबाही नभएको आरपो छ। उसले दाबी गरेको छ, धेरै महिनाअघि उसले पुलिसमा शिकायत दर्ता गराएको थियो तर पुलिसले धेरै हल्का धाराहरू लगायो। उक्त छात्रको एडमिशन विश्विद्यालयमा वर्ष २०१९ मा भएको थियो।
उसले आरोप लगाएको छ, सीनियर्सले उसलाई मदिरा मगायो, मदिरा पिउन बाध्य गऱ्यो, मदिरा खाएको गिरास धुन बाध्य बनायो। इन्ट्रोडक्शनको नाममा उसलाई नाङ्गो पारियो। राज्य मानवाधिकार आयोगदेखि लिएर विश्वविद्यालय प्रबन्धन र पुलिसलाई शिकायत दिँदा पनि कुनै लाभ भएन। उक्त छात्र अहिले बालीगंज स्थित आफ्नो घरमा छ। छात्र विश्वविद्यालयमा आईटीबाट बीटेक गरिरहेछ। यसबारे रजिस्ट्रारले भने, शिकायत पाइएको थियो र कारबाही पनि गरिएको थियो। यद्यपि, के कस्तो कारबाही गरियो, यसबारे उनले बताएनन्।
-हिस










