अलिपुरद्वार जिल्ला पुलिसद्वारा नीट उत्तीर्ण विद्यार्थीहरूलाई जनाइयो सम्वर्द्धना

4d571c77-5926-4ef1-8fb9-5b522f2ff2f0

कालचिनीः अलिपुरद्वार जिल्ला पुलिसद्वारा शनिबार नीट परिक्षा उतीर्ण गरेका पाँचजना विद्यार्थीहरूलाई सम्वर्द्धना जनाइयो। यस वर्ष कालचिनी खण्डअन्तर्गत पर्ने विभिन्न चियाबारीका श्रमिक परिवारबाट मोठ ५ जना विद्यार्थीहरूले नीट परीक्षा उत्तीर्ण गरेर विभिन्न मेडिकल कलेजमा भर्ना पाएका छन्। ती ५ जना नीट परीक्षा उत्तीर्ण विद्यार्थीहरू क्रमैले मेचपाड़ा ८ नम्बर निवासी सोयनाम लामा, भाटपाड़ा चियाबारी निवासी रिता लामा, कालचिनी आउट डिभिजन बुखिमबारी निवासी निधी लामा, उत्तर लोथाबारी निवासी अञ्जना लाकड़ा र भर्नाबारी चियाबारी निवासी मनीष मिञ्ज हुन्। पाँचैजना विद्यार्थीहरूलगायत उनीहरूका अभिभावकहरूलाई कालचिनी थाना संलग्न चिल्ड्रेन पार्कस्थित पुलिस बन्धु कोचिङ केन्द्रमा शनिबार अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक आईपीएस वाई. रघुवंशी र आईएफएस बक्सा ब्याघ्र प्रकल्पका डीएफडी प्रवीण कासवानको मुख्य उपस्थितिमा सम्मान तथा सम्वर्द्धना जनाइयो।
उक्त कार्यक्रममा उपस्थित अलिपुरद्वार जिल्ला पुलिस पुलिस अधीक्षक वाई. रघुवंशीले चियाबारी गाउँ बस्तीहरूमा धेरै ज्ञानी विद्यार्थीहरू रहेको र उनीहरूलाई सही मार्गदर्शन गर्न सकिए जेईई, नीट, यूपीएसएसी एवम् अन्यान्य सबै किसिमको परीक्षाहरू उत्तीर्ण गर्न सक्ने क्षमता रहेको र पुलिस प्रशासनको पक्षबाट यी विद्यार्थीहरूलाई जस्तो मदत गर्न सकिन्छ पुऱ्याइने जनाएका छन्। यसैगरी सो सम्वर्द्धना कार्यक्रममा उपस्थित बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले सबै सफल परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै कुनै पनि परीक्षाको तयारी सठीक ढ़ङ्गमा गरिए अवश्यै परीक्षा उत्तीर्ण हुने र अन्य विद्यार्थीहरूलाई पनि सफल विद्यार्थीहरूले प्रोत्साहित गर्नु पर्ने बताए। यता पुलिस प्रशासनबाट प्राप्त सम्मानलाई सदैव कदर गर्दै भविष्यमा राम्रो प्रशिक्षण गर्दै जाने सम्वर्द्धित विद्यार्थीहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement