आधा पेट खाएर चिया बगान मजदुरकी छोरीले राष्ट्रिय फुटबल टिममा मौका पाइन

056ad5c8-9936-40d0-b6cd-981a58669566-1

जलपाइगढी: सायद यो जोश र जीवनको लडाई हो। कविता टिर्की सानै हुँदा उनका चिया मजदुर बुबाले उनलाई फुटबल खेल्न प्रोत्साहन दिनुभयो। जलपाइगढी सहर नजिकैको डेंगुआजार चिया बगानको श्रमिक लाइन नम्बर १० की बस्ने कविता टिर्कीले अब अखिल भारतीय फुटबल महासंघबाट फोन आएको छ। एआईएफएफले यसअघि चिया बगानका यी फुटबलरलाई आमन्त्रण गरेको भए पनि रकम अभावका कारण त्यो अवसर गुमायो । यसपटक प्रशिक्षक अमित रोय र फुटबलमा समर्पित निर्मला कोचिङ क्याम्पका सदस्यहरूले सक्रिय रूपमा रकम सङ्कलन गरिरहेका छन् ।


बुवाको सपना पूरा गर्ने दौडमा एक कदम अगाडि रहेकी फुटबलर कविता टिर्की भन्छिन्, ‘आज बुबा यहाँ हुनुहुन्न, आमा चिया बगानमा काम गर्नुहुन्छ र जे पाउनुहुन्छ त्यसैमा बाँच्नुहुन्छ । मैले अमित सरबाट फुटबल खेल्न सिकेको छु, अहिले म महिला फुटबल टोलीको ट्रायल क्याम्पमा दिल्ली जाँदैछु। यसै सन्दर्भमा प्रशिक्षक अमित सरले भने, ‘यस्तो चिया बगानकी छोरी इन्डियन फुटबलको प्रिमियर लिग खेल्न ट्रायल क्याम्पमा जान पाउनु निकै खुसीको कुरा हो । तर आर्थिक रुपमा निकै कमजोर भएकाले सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement