विधाननगर स्टेशनमा टीटीलाई कुट्नेहरू विरूद्ध प्राथमिकी दर्ता

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः सियालदह मण्डलको विधाननगर स्टेशनमा शुक्रवार साझँ एक महिला यात्रीसित कुटपीटपछि तीन टिकट परीक्षकहरूलाई यात्रीहरूले कुटेका थिए। अब यस मामिलामा रेलवेले प्राथमिकी दर्ता गराएको छ। सियालदह राजकीय रेल पुलिस (जीआरपी) ले रेलवेको शिकायतको आधारमा मामिला दर्ता गरी शनिवारदेखि जाँच शुरू गरेको छ। अस्पतालमा भर्ती तीनै टिकट परीक्षकहरूको आज बयान रेकर्ड गरिनेछ।

जीआरपी सूत्रहरू अनुसार, शुक्रवार साझँ संधै झैं विधाननगर स्टेशनमा टिकट परीक्षकले यात्रीहरूको टिकट हेरिरहेको थियो। त्यस समय एक महिला सहित तीन जना टिकटबिना समाइए। उनीहरूले रेलवे अधिकारीहरूसित बहस शुरू गरेको आरोप छ। यही अवधि टिकट जाँच गरिरहेका रेलवे अधिकारीले महिलाको शरीरमा हात लगाए, जसपछि अन्य यात्रीहरू रिसाएर त्यस टिकट परीक्षकलाई कुट्न थालेको पनि आरोप छ। उसलाई बचाउन आएका अन्य दुई टीकट परीक्षकहरूलाई पनि मानिसहरूले कुटे।

सूचना पाएपछि स्टेशनमा उपस्थित रेवले सुरक्षा बल (आरपीएफ) र जीआरपीको टीम घटनास्थलमा पुग्यो। अथक प्रय़ासपछि रूष्ट यात्रीहरूको भीड़लाई त्यहाँबाट हटाइयो। घाइते तीनै टिकट परीक्षकहरूलाई अस्पतालमा भर्ती गराइएको छ। पछि अबेर राति रेलवेले यस सम्बन्धमा सियालदह जीआरपीमा लिखित शिकायत दियो, जसपछि प्राथमिकी दर्ता गरिएको छ। सीसीटीभी फुटेज हेरेर धेरै आक्रमणकारी यात्रीहरूको पहिचान गरिएको सूत्रले बताएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement